जनतामा प्रेरणा जगाउने उद्येश्यले डा.अम्बेडकर पार्क निर्माण : मुख्यमन्त्री सिंह
२०८२ जेठ ५ सोमबार
- जनकपुरधाममा सोमबार आयोजित ऋषिवँश एकता सेवा समाज नेपालको छैठौं साधारणसभा तथा वार्षिक समिक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले ३२ वटा डिग्री हासिल गरेका डा.अम्बेडकरको प्रतिमा हेरेर जनतालाई शिक्षाको महत्व महशुस हुने धारणा राखे ।
जनकपुर : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सिरहाको लहानमा निर्माण हुने भनेको अम्बेडकर पार्कले जनतालाई शिक्षीत हुन प्रेरणा दिने बताएका छन् ।
जनकपुरधाममा सोमबार आयोजित ऋषिवँश एकता सेवा समाज नेपालको छैठौं साधारणसभा तथा वार्षिक समिक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले ३२ वटा डिग्री हासिल गरेका डा.अम्बेडकरको प्रतिमा हेरेर जनतालाई शिक्षाको महत्व महशुस हुने धारणा राखे । भारतमा डा.अम्बेडकरले लेखेको संविधान अहिलेसम्म लागु अवस्थामा रहेको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले डा.अम्बेडकर पार्कको नाममा कुनै राजनिति नहुने आफ्नो र आफ्नो पार्टीको अभिप्राय रहेको बताए ।
मुख्यमन्त्री सिंहले मुसहर समुदायलाई पढाई कम्तिमा एसईई र विवाह २० वर्ष पछि गर्न सुझाव दिए । उनले मुसहर समुदायमा शिक्षाको स्तर अति कमजोर भएका कारण अहिलेसम्म पछाडि परेको बताए । मुख्यमन्त्री सिंहले मुसहर समुदायकालागि पनि आगामी बजेटमा कुनै न कुनै प्याकेज ल्याउने आश्वासन दिए ।
त्यस्तै, मुख्यमन्त्री सिंहले जग्गा व्यवस्था भए दिना भद्री पार्क र दिना भद्री म्यूजियम बनाउन आगामी बजेटमा रकम बिनियोजन गर्ने उदघोष समेत गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।